काठमाडौं, ३० साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसबाट आज पाँच जनालाई मन्त्री नियुक्त गर्ने भएका छन् । यसअघि पार्टीभित्रको सन्तुलन मिलाउनको लागि समय लिएका बानियाँले केन्द्रको निर्देशनबमोजिम आजै ५ जनालाई नियुक्ती गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका हुन् ।
निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पक्षधर तीन जना सांसदलाई मन्त्री बनाईनुपर्ने अडान लिएका छन् । तर, बानियाँ भने कुनैपनि हालतमा लामा पक्षकालाई समेट्ने मनशायमा छैनन् । मुख्यमन्त्री लामाले शपथ लिएकै दिन एमालेका ६ र कांग्रेसका २ जनाले शपथ लिएका थिए ।




प्रतिक्रिया