काठमाडौं, ३० साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री बानियाँले कांग्रेसको तर्फबाट ५ मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री बानियाँले कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्रीमा सिफारिस गरेका छन् । उनीहरुको शपथ आज बेलुका ४ बजेका लागि तय भएको बताइएको छ ।
मुख्यमन्त्री बानियाँले रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, वादेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, तामाङलाई आर्थिक मामिला मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, नेपाललाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ ।
यसअघि विनाविभागीय मन्त्री नियुक्त भएका शिवराज अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । यसअघि कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी मन्त्री भएका थिए ।




प्रतिक्रिया