इस्तानबुल, ३० साउन । टर्कीए प्रहरीले शुक्रबार इस्तानबुलको विपक्षीको प्रभाव क्षेत्रबाट ४० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्य क्षेत्रका नगर प्रमुख बियोग्लु र उनका नजिकका सल्लाहकारहरू रहेको जनाइएको छ ।
गिरफ्तारी ‘भ्रष्टाचार’ आरोपमा मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) लाई लक्षित गरी एक महिना लामो दमनपछि भएको जनाइएको छ ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानका राजनीतिक प्रतिद्वन्द्वी मानिने इस्तानबुलका मेयर एक्रेम इमामोग्लुलाई मार्चमा पक्राउ गरी जेल चलान गरिएको थियो । उनको गिरफ्तारीको विरोधमा देशभर प्रदर्शन भइरहेका छन् ।
इमामोग्लु बाहेक इस्तानबुलका २६ सिएचपीका २६ नगर नेतामध्ये नौ जनालाई गत अक्टोबरदेखि गिरफ्तार गरी जेलमा राखिएको छ । तीमध्ये अधिकांश भ्रष्टाचारको आरोप लागेको छ तर उनीहरूले आरोपको खण्डन गर्दै आएका छन् ।
विश्लेषकहरूका अनुसार सरकारले सिएचपीलाई कमजोर पार्ने प्रयास गरिरहेको भएता पनि सन् २०२४ को स्थानीय चुनावमा स्पष्ट विजेताको रूपमा देखा परेको थियो । रासस




प्रतिक्रिया