नेपालमा भोटको हिसाबले भारतविरुद्धमा लामो समयदेखि अन्ध-राष्ट्रवाद छः रामकुमार शर्मा


काठमाडौं, ३० साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्माले केही राजनीतिक दलहरुले भोटको हिसाबले भारतविरुद्ध अन्ध राष्ट्रवाद देखाउने गरेको बताएका छन् । भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपालबीचको वास्तविक सम्बन्धलाई बिर्सिएर भोटको केही राजनीतिक दलहरु भोटको राजनीतिमा लाग्ने गरेको बताएको बताएका हुन् । यस प्रकारको गतिविधिले नेपाल र भारतबीच अन्तर्राष्ट्रिय जगतमा विश्वासिलो वातावरण पनि नबन्ने र नेपालको राष्ट्रियता पनि मजबुद नहुने उनले बताए ।

‘भोटको हिसाबले भारतको विरुद्धमा अन्ध राष्ट्रवाद नेपालमा लामो समयदेखि छ । हामीभित्र त्यो जागेर आउँछ । हाम्रो र भारतको जो वास्तविक सम्बन्ध छ– त्यसलाई हामी बिर्सिन्छौं । भारतको विरुद्धमा हामी विष वमन गर्न पुग्छौं । या तराइ–मधेशका जनताको विरुद्धमा जान लाग्छौं । भोट पोलिटिक्सको रुपमा हामी अगाडि बढ्छौं । त्यसकारण न त हाम्रो राष्ट्रियता मजबुद हुन्छ, न त अन्तर्राष्ट्रिय रुपमा भारतको र हाम्रो विश्वास बन्नुपर्ने हो, त्यो बन्न पाइरहेको छैन,’– उनले भने ।

भारतबारे नेपालको राष्ट्रिय नीति सही बन्न नसकेको उनको बुझाइ रहेको छ । भारतलाई कहिले दलाल र कहिले त दुस्मनको रुपमा गाली गर्ने गरिएको उनले बताए । छिमेकी मुलुक भारतलाई दलाल र दुस्मन देख्ने नीति सही नरहेको उनले बताए । भारत र नेपालको सम्बन्ध बहुआयमिक रहेको उनले बताए । भारत र नेपालबीचको सम्बन्ध प्राकृतिक, सांस्कृतिक, आर्थिक–राजनीतिक रहेको उनले बताए । नेपालको सम्बन्ध संसारसँग रहे पनि भारतसँगको सम्बन्ध भने विशेष र विशिष्ट रहेको उनले बताए ।

‘हाम्रो भौगोलिक सीमाना खुला छ । हाम्रो वैवाहिक सम्बन्ध, जनतास्तरको सम्बन्ध सबैभन्दा बढी छ । एक प्रकारले भन्नुहुन्छ भने यो भूपरिवेष्ठित होइन कि भारतवेष्ठित देश पनि भन्नसक्छौं नेपाललाई,’– उनले भने ।

उनले भारतबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताए । नेपाल सरकारले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाएर देशलाई आर्थिक रुपमा.सवल बनाउनुपर्ने उनले बताए ।