माओवादी नेता किराती र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता


काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराती र नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । भेटमा समसमयिक राजनीतिक परिस्थितीबारे गहिरो छलफल भएको बताइएको छ ।

भेटमा नेता किरातीले विश्वकर्मालाई किरातीहरुको साँस्कृतिक प्रतिक धजुरी–पेचुरी छातीमा लगाइदिएका छन् । उनले पूर्व र पश्चिमको जनता–जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन साँस्कृतिक कूटनीतिलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।