काठमाडौं, १ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । काठमाडौं ओर्लिएकै दिन उनले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।
यसअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउनुको साथै भारत भ्रमणको निम्तो दिईएको बताईएको छ ।
लगत्तै, उनले राष्ट्रपति पौडेलसमक्ष शीतलनिवासमा शिष्टाचार भेट गरेका हुन् । सो अवसरमा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको शीतलनिवासले जनाएको छ ।




प्रतिक्रिया