भारतीय विदेश सचिव मिश्री र प्रचण्डबीच भेटवार्ता, द्विपक्षीय हितबारे छलफल


काठमाडौँ, १ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आएका सचिव मिश्रीले खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । भेटका क्रममा नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल बताइएको छ ।

आज (आइतबार) काठमाडौं आएका भारतीय विदेश सचिव मिश्रीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेललगायतलाई भेट गरिसकेका छन् ।