काठमाडौं, १ भदौ । भारतीय विदेश सचिवव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका आएका सचिव मिश्रीले बूढानीलकण्ठ पुगेर देउवासँग भेट गरेका हुन् ।
भेटमा नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ । आज निवासमा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई स्वागत गर्न पाउँदा खुसी लाग्यो । हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित घनिष्ठ र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो,’– भेटबारे जानकारी गराउँदै कांग्रेस सभापति देउवाले भनेका छन् ।




प्रतिक्रिया