विप्लवले औंल्याए माओवादी धारको एकताको आवश्यकत्ता


काठमाडौं, २ भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देश अहिले दलाल, तस्कर र मानव बेचबिखन गर्नेहरूको चंगुलमा फसेको टिप्पणी गरेका छन् । उनले अहिलेका ठूला दलहरुले नै समाजवादको नारालाई धुलिसात पारेको आरोप लगाए । नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा युवाहरूमा चरम निराशा छाएको उनको आरोप छ ।

उनले माओवादी विचार धार एक ठाउँमा उभिनुपर्ने आवश्यकत्तापनि औंल्याए । तर, नेतृत्व अब नयाँ विचार बोक्नेले गर्नुपर्ने उनको मत छ । उनले ०८४ को निर्वाचनमा आफ्नो दल नयाँ विचार र जनताको एजेण्डा बोकेर चुनावमा होमिने पनि घोषणा गरे।