काठमाडौं, २ भदौ । विभिन्न विद्यार्थी संगठनका नेताहरुले प्रतिनिधिसभाको शिक्षा समितिका सभापति अम्मरबहादुर थापालाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । सो क्रममा उनीहरुले सरकारले विद्यालय शिक्षा ऐन जारी गर्न गरेको ढिलासुस्तीको आलोचना गरेका हुन् ।
नेपाल विद्यार्थी सङ्गठन अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु अध्यक्ष सुजन कडरिया, अनेरास्ववियू(क्रान्तिकारी) अध्यक्ष विजय प्रकाश शर्मा लगायत १६ विद्यार्थी सङ्गठनका नेताहरुले आज भेटेर ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न संयुक्त विद्यार्थी सङ्गठनले सरकार र सम्बन्धित निकाय समक्ष जोडदार गरेका छन् ।





प्रतिक्रिया