नख्खु जेलमा रहेका लामिछानेको स्वास्थ्यमा समस्या


काठमाडौं, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । लामिछानेलाई गत शनिबार भैरहवाबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।

उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइए बताइएको छ ।

उनको स्वास्थ्य परीक्षणको रिपोर्ट भने आइनसकेको बताइएको छ । सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछाने विगत चार महिनादेखि थुनामा छन् । File Photo/RN