विद्यालय शिक्षा विधेयकमा आज पनि जुटेन सहमति


काठमाडौं, २ भदौ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा आज पनि मा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमा सहमति जुट्न सकेन । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका लागि समितिका सदस्यहरुलाई २ दिनको समय दिइएको छ ।

विधेयकमा गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरिएको छ । सांसदहरूले अनिवार्य शिक्षा ऐनमा व्यवस्था भएनअनुरुप कम्तीमा पनि १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने धारणा राखेपछि उक्त विषयमा समेत सहमति जुट्न सकेको छैन । विधेयकमा १७४ वटा दफा रहेका छन् । विधेयकमाथि सहमति खोज्न अर्को बैठक भदौ ५ गतेका लागि बोलाइएको छ ।