काठमाडौं, ३ भदौ । नेपाली कांग्रेस र नेकपा (एमाले) ले बोलाएको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालकी प्रमुख सचेतक रेखा यादवपनि सहभागी भएकी छिन् । सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा भएको सत्तापक्षको छलफलमा जसपा नेपालको पनि सहभागिता रहेको हो ।
सो दलबाट रेखा यादव सहभागी थिईन् । उपेन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षी दलको कित्तामा उभिएका छन् । तर, कांग्रेस र एमालेका सांसदहरुले उपसभामुख इन्दिरा रानालाई हटाउनको लागि महाभियोग लगाउन सुरु गरेको हस्ताक्षरपछि जसपा नेपाल, जसपा, लोसपा, जनमत र नाउपाका प्रमुख सचेतक र नेताहरुलाई सिंहदरबारमा बोलाएको हो । सो छलफलमा उपेन्द्रले रेखालाई पठाएका हुन् । उता, नाउपाबाट रञ्जिता श्रेष्ठ आँफै सहभागी थिईन् । जनमतबाट भने प्रमुख सचेतक अनितादेवी सहभागी थिईन् ।




प्रतिक्रिया