कांग्रेस–एमालेले उपसभामुख हटाउने एटेम्प्ट धेरै पहिलेदेखि गरेको हो, त्यो गलत गर्दै हुनुहुन्छ : प्रचण्ड


काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानालाई हटाउनको लागि प्रक्रिया सुरु गरेको विषयमा कडा टिप्पणी गरेका छन् । उनले कांग्रेस र एमालेले उपसभामुख हटाउन धेरै पहिलेदेखि नै एटेम्प्ट गरेको भन्दै त्यो गलत हुने प्रतिक्रिया दिए ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन् । उनले वर्तमान सरकार बनेदेखि नै गलत मात्रै गरेको आरोप लगाए । उपसभामुख रानाको पक्षमा उभिएका प्रचण्डले अहिले हटाउन खोज्नु गलत भएको भन्दै त्यसको विरोधमा उत्रिने प्रष्ट पारे ।

उनले भने,‘एउटा महिला, आदिवासी जनजाति महिला, सामाजिक सेवा, बालबालिकाको हेरचाह गर्नेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त महिलालाई, अहिले अनाहकमा हटाउने जो कोसिस गर्नुभएको छ। गलत छ, यो। हामी यसको विरोधमा छौं।’