काठमाडौं, ३ भदौ । पूर्पक्षको लागि नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भिटामिन डि’को कमी भएको छ । लामिछानेको रगत परीक्षणको रिपोर्टबारे डा. जितेन्द्र प्रसाद यादवले दिएको जानकारीअनुसार लामिछानेको शरीरमा भिटामिन डि’को कमी देखिएको छ ।
लामिछानेलाई रुपन्देही कारागारमा १२६ दिन राखिएको थियो । रास्वपाका प्रवक्ता मनिष झाले सभापति लामिछानेलाइृ १२६ दिनसम्म थुनेर राखेको, बाहिरी हावा नपाएको, धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने डाक्टरको राय रहेको जानकारी दिए । डाक्टर यादव आँफै सभापति लामिछानेलाई भेट्नको लागि नख्खु कारागार पुगेको बताईन्छ । file photo




प्रतिक्रिया