प्रचण्डले बोलाएको विपक्षी दलका नेताहरूको बैठक सिंहदरबारमा सुरू


काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको विपक्षी दलका नेताहरुको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा (एकीकृत समाजवादी), आम जनता पार्टी, नेपाल समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाउने उद्देश्यले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गर्न थालेपछि प्रचण्डले विपक्षी दलको नेताहरुको बैठक बोलाएका हुन् । त्यसअघि माओवादीको पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा प्रचण्डले उपसभामुख रानालाई हटाउन नहुने भन्दै कांग्रेस र एमालेको उक्त कदमको विरोध गर्ने टिप्पणी गरेका थिए ।