समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


काठमाडौँ, ३ भदौ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सदस्य शारदादेवी भट्टले इजरायलबाट हमासको अपहरणमा परेका विपिन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयासलाई अझ घनीभूत बनाउनुपर्नेमा जोड दिइन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नरबहादुर विष्टले पनि विपिनको मुक्तिका निम्ति राज्यसंयन्त्र लाग्नुपर्ने माग गरे ।

नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर राष्ट्रनिर्माण गर्नुपर्छ भने ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सावित्री मल्लले कर्णाली प्रदेशका १० जिल्लाबाट तुइन विस्थापन गर्न माग गरिन् । रासस