अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन सम्वाद


काठमाडौं, ३ भदौ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना र नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाबीच फोन सम्वाद भएको छ । विशेष कार्यक्रममा सहभागी हुनको लागि उपसभामुख अमेरिकाको बोस्टनमा रहेको बेलामा यता नेपालमा भने उनलाई हटाउनको लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरुले महाभियोग लगाउने उद्देश्यले हस्ताक्षर संकलन थालेका छन् ।

यही सन्दर्भमा शेखर र रानाबीच फोन सम्वाद भएको हो । उपसभामुख रानासँगको फोन सम्वादमा आफू यो दाउपेजको विपक्षमा रहेको शेखरले जानकारी गराएका थिए । यता, शेखर पक्षधर सांसदहरुले हस्ताक्षर नगरेको बताईन्छ । उपसभामुख राना भदौ १३ गतेमात्रै नेपाल फर्किने कार्यक्रम रहेको छ । file photo