सप्तरीको राजगढ ५ का वडाअध्यक्ष साहको निधन


राजविराज (सप्तरी), ४ भदौ । राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन् ।

जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनका दुई छोरा र तीन छोरी छन् । रासस