काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद शक्तिबहादुर बस्नेतले कांग्रेस र एमाले अहिले दुई दलीय मिशनमा हिँडेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नेपालजस्तो विविधतायुक्त समाजमा दुई दलीय अवधारणा सैद्धान्तिक र व्यवहारिक दुवै रुपमा ठीक नभएको टिप्पणी गरे ।
पूर्वमन्त्री बस्नेतले कांग्रेस र एमालेको दुई दलीय मिशन नेपाली जनताले पूरा गर्न नदिने दाबी गरे । उनले विदेशमा रहेकी उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजिएको कुरालाई प्रतिशोधपूर्ण व्यवहार भनेका छन् । सामाजिक रुपमा क्रियाशिल महिला नेतृ उपसभामुखमाथि गरिएको व्यवहार सामाजिक न्यायको दृष्टिले र लोकतन्त्रको हिसाबले पनि गलत भएको बस्नेतको टिप्पणी छ ।




प्रतिक्रिया