सिके राउत अस्वस्थ, प्रहरी अस्पतालमा उपचार जारी


काठमाडौं, ४ भदौ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अस्वस्थ भएका छन् ।

उनको अहिले नेपाल प्रहरी अस्पताल, काठमाडौंमा उपचार जारी छ ।

जनमतका सांसद अब्दुल खानले अध्यक्ष राउतलाई भेटेर स्वास्थ्यबारे जानकारी लिएका छन् ।

राउत तीन दिनदेखि सो अस्पतालमा उपचारमा रहेको खानले जनाए ।

तर, राउतलाई के भएको हो भनेर उनले खुलाएका छैनन् ।