कैलाली, ४ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधान अन्तर्गतका ऐन नियम पालना गर्नु अनिवार्य सर्त भएको बताएका छन् ।
जिल्ला समन्वय समितिले धनगढीमा आज आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा एवं स्थानीय तहको असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा उनले प्रदेश निजामती ऐन र स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐनलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
सुधारका प्रयास र प्रयत्न गर्दागर्दै साना अवरोधहरू आउने स्थिती भए पनि जनतालाई सेवा दिने कुरामा ढुलासुस्ती गर्नु नहुनेमा मुख्यमन्त्री शाहको भनाइ छ ।
प्रदेश सरकारले प्रदेश निजामती ऐन र स्थानीय सेवा सञ्चालनसम्बन्धी जारी गरेकै कारण कर्मचारीहरूको वृद्धि विकास भएको उनले बताए । मुख्यमन्त्री शाहले भने, ‘ऐनमा केही समस्या भए प्रदेश सरकार संशोधनका तयार छ ।’
(((




प्रतिक्रिया