काठमाडौं ५ भदौ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले भारत र चीनबीच व्यापार नाका पूनः सञ्चालन गर्ने भनेर भएको सहमतिलाई लिएर असहमति प्रकट गरेका छन् । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको बताउँदै नेपालको सहमतिबिना नेपाली भूमि भएर व्यापार गर्ने सहमतिप्रति नेपालको असहमति रहेको बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उलने भने,‘नेपाली भूमिमाथि नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबीच सीमा व्यापार गर्ने सम्झौता भएको छ। त्यसको विरोध गर्न चाहन्छौँ। एमालेले यो सहमतिप्रति असहमति जाहेर गर्छौँ।’
बर्तौलाले नेपालको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतामाथि कतैबाट आघात पुग्ने गतिविधि हुन्छ भने त्यसको आफूहरुले प्रतिवादन गर्ने बताए । उनले भने,‘हामी त्यसको सशक्त विरोध गर्छौँ।’ उनले उक्त विषयमा उच्चस्तरको कूटनीतिक संवादबाट समाधान खोज्नको लागि सरकारको ध्यानाकार्षणसमेत गराए ।




प्रतिक्रिया