काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य दयालबहादुर शाहीले पार्टीले विद्यादेवी भण्डारीलाई आवश्यकताभन्दा बढी पुल्पुल्याएको परिणाम अहिले भोगिरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मदन भण्डारीले विशुद्ध गृहिणी बनाएर राखेको विद्या भण्डारीलार्य एमालेले आवश्यकताभन्दा बढी पुल्पुल्याएको बताएका हुन् । उनले विद्या भण्डारीलाई कुनै प्रतिस्पर्धा भन्ने कुरा थाहा नरहेको र उनी सहानुभूतिको कोटामा आएको बताए ।
‘एमाले भनेको त बहुमुखी क्याम्पस हो । विद्या भण्डारीले कुरै बुझ्नुभएन क्या । उहाँ सहानुभूतिको कोटामा आउनुभएको हो । उहाँको प्रतिस्पर्धा पनि थाहा छैन । मदन भण्डारीले विशुद्ध गृहिणीमा सीमित राख्नुभएको थियो । हामीले उहाँलाई आवश्यकताभन्दा बढी पुल्पुल्याएर गल्ती गरेछौं भन्ने निष्कर्षमा पुगेको छु म त,’– उनले भने ।
नेता शाहीले एमालेले भारतीय दलहरु कांग्रेसआई, भारतीय जनता पार्टी र नेपाली कांग्रेसभन्दा पनि उम्दा लोकतान्त्रिक अभ्यास चाहेको बताए । भण्डारीले बढ्ता गतिविधि गर्दै गएमा उनलाई कारबाहीको दायरामा ल्याइने नेता शाहीले बताए ।
‘हामी कांग्रेस आई, भाजपा, नेपाली कांग्रेसभन्दा उम्दा लोकतान्त्रिक हुनुपर्ने भएको हुनाले उहाँ जानी–जानी हामीले खटाएका छौं । अब अवज्ञा गर्यो भने उहाँको सदस्यता अहिलेसम्म सम्मान हो, अब अवज्ञा गर्यो भने कारबाहीको दायरामा आउँछ,’– उनले भने ।
उनले भण्डारीले खोलेको सम्पर्क कार्यालयलाई एजजीओको संज्ञा दिए । एउटा एनजीओसँग एमाले नडराउने उनले बताए ।




प्रतिक्रिया