काठमाडौँ, ६ भदौ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३३० मा खरिदबिक्री भइरहेको छ ।
बिहीबार एक तोला सुन एक लाख ९४ हजार ८०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २९० मा क्रयविक्रय भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस




प्रतिक्रिया