काठमाडौं, ६ भदौ । संचार/ईन्जिनियर प्राविधिक प्रहरी जवान परीक्षा दिन पुगेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । गत भदौ ४ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थितमा रहेको लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । प्रहरीले नक्कली परीक्षार्थी श्याम संकर सिंह र भरत तिरुवालाई पक्राउ गरिएको जनाएको छ ।
जाजरकोट छेडागाड नगरपालिका–१२ बस्ने धर्मराज चनराको नागरिकता र प्रवेश पत्रमा फोटो बदली उनको सट्टामा कुशे गाउँपालिका–७ सामाकोट बस्ने सिंह र दैलेख भगवतीमाई गाउँपालिका–५ का सुशिल शाहीको नागरिकता र प्रवेश पत्रमा फोटो बदली गरी उनको सट्टामा तिरुवाले परीक्षा दिन लागेको अवस्थामा फेलापारी पक्राउ गरिएको प्रहरीले जनाउको छ । पक्राउ परेकाहरुविरुद्ध लिखत किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बताइएको छ ।




प्रतिक्रिया