वामदेवसँग बिच्किएका महेन्द्र अर्यालसहितका नेता माधव नेपालसँग मिले


काठमाडौं, ६ भदौ । नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) बीच पार्टी एकता भएको छ। 

शुक्रबार नेकपा (एकीकृत समाजवादी) को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्तहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।