भक्तपुर, ६ भाद्र । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम सामुहिक लोकनृत्य र एकल नृत्य प्रतियोगिता-२०८२ नगरकोट फेदि चाँगुनारायणमा रहेको क्यालिटी स्कुलको आयोजनामा सम्पन्न भएको छ ।
प्रतियोगितामा एकल नृत्यतर्फ सुर्यविनायक नगरपालिका–५ मा अवस्थित सेन्ट जोन स्कुलकी छात्रा विबिशा तामाङले प्रथम स्थान प्राप्त गरेकी थिइन भने सामूहिक लोकनृत्यतर्फ सुर्यविनायक नगरपालिका–८ मा रहेको प्रसादी पाठशालाले प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।
नेपालको विभिन्न जातजातिको भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको एकल नृत्यतर्फ सूर्यविनायक गपली भक्तपुरमा रहेको सेकरिड् हार्ट एकेडेमी स्कुलकी छात्रा म्हारमेन तामाङले द्धितीय, सुर्यावनियाक–५ को यूनिटी स्कुलकी छात्रा दीपशिखा खड्काले तृतीय र सुर्यविनायक– ३ मा रहेको ईडेन गार्डेन स्कुलकी छात्रा सरिना भुषालले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । त्यसैगरी सामूहिक लोकनृत्यतर्फ सुर्यविनायक–५ को यूनिटी स्कुलले द्धितीय स्थान, चाँगुनारायण–२ को ऋतम्भराले तृतीय स्थान र सुर्यविनायक–३ को ईडेन गार्डेनले सान्त्वना स्थान हासिल गरेका थिए ।
आयोजक स्कुलका प्रिन्सिपल एवं नेसनल प्याव्सन भक्तपुरका सल्लाहकार जीबी खड्काको सभापतित्वमा सम्पन्न नृत्य प्रतियोगितामा प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विजेता विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाण–पत्रद्वारा पुरस्कृत गरेका थिए । अध्यक्ष खड्काले आयोजक स्कुलले भव्यरुपमा नृत्य प्रतियोगिता सम्पन्न गरेकोमा हार्दिक आभार प्रकट गरेका थिए । नेसनल प्याव्सन भक्तपुरले विविध कार्यक्रम आफ्ना सदस्य विद्यालयलाई आयोजना गर्ने जिम्मा दिइएको बताए ।
आयोजक क्वालिटी स्कुलका प्रिन्सिपल जीबी खड्काले नेसनल प्याव्सनले कार्यक्रम गर्ने अवसर दिएकोमा खुशि व्यक्त गर्दै प्रतियोगिताको एकल तर्फ १३ वटा स्कुल र सामूहिकतर्फ १८ वटा स्कुलले सहभागिता जनाएको जानकारी दिए । कार्यक्रममा निर्णायक एवं उपस्थित नेसनल प्याव्सनका पदाधिकारी र सदस्यहरुलाई आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।




प्रतिक्रिया