भारतको राजदूतमा ट्रम्पले सिफारिश गरे आफ्ना विश्वासपात्र सर्जियो गोरको नाम


काठमाडौं, ७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको लागि नयाँ राजदूत सिफारिश गरेका छन् । अहिले भारतमा अमेरिकी राजदूत छैनन् । ट्रम्पले ह्वाईट हाउसमा कार्यररत सर्जियो गोरलाई भारतको राजदूतको लागि सिफारिश गरेका छन् । गोर राष्ट्रपति ट्रम्पको सचिवालयमा बसेर काम गरिरहेका छन् ।

राजदूतमा नाम अनुमोदन भए गोरले अब भारतमा बसेर दक्षिण तथा पूर्वी एशियाको मामिलापनि हेर्नेछन् । ट्रम्पले आफ्नो सोसल ह्याण्डलिङमा राजदूतमा नाम अनुमोदन नभएसम्म गोर ह्वाईट हाउसमा अहिलेकै जिम्मेवारीमा रहनेपनि जानकारी गराएका छन् ।

गोरलाई ट्रम्प र अर्वपति व्यापारी एलन मस्कबीच सम्बन्ध बिगारेको पनि आरोप लागेको छ । ट्रम्पले भने गोरको सधैं सार्वजनिक रुपमै प्रशंसा गर्ने गरेका छन् र उनलाई आफ्नो नजिकका साथीको रुपमा चित्रण गरेका छन् ।