काठमाडौं, ८ भदौ । रौतहटको गौर नगरपालिका– ९ गौर सिर्सिया सडक खण्डअन्तर्गत मुडवालवा मोडमा सुटकेशभित्र महिलाको शव फेला परेको छ । उक्त शव रौतहट, माधवनारायण–६ घर भए भारत मुजफ्फरपुरमा विवाह गरेकी ३५ वर्षीया रुबिकुमारी साहको भएको बताइएको छ ।
शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको अवस्थामा उक्त शव फेला परेको हो । रुबी बच्चा पढाउन गौरमा डेरा लिएर बस्दै आएको बताइएको छ । दुई दिनदेखि बेपत्ता रहेका रुबीको खोजीका लागि उनकी आमाले प्रहरीमा निवेदन दिएकी थिईन् । रुबीका पति भारतमै बस्दै आएको बताइएको छ । उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।
उनको शव सुटकेशमा कुईनो र घुँडा जोडेर प्याक गरेको अवस्थामा फेला परेको थियो । रूबीको नाकबाट रगत बगेको, तर शरीरमा भने कुनै चोट नदेखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले बताए ।




प्रतिक्रिया