काठमाडौं, ९ भदौ । स्वास्थय तथा जनसंख्यामन्त्री प्रदीप पौडेल हैजा प्रभावित जिल्ला पर्सा पुगेका छन् । स्थलगत अवलोकनका लागि मन्त्री पौडेल आज पर्सा पुगेका हुन् । उनले हैजाका बिरामीको उपचारमा कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
हैजा प्रभावित क्षेत्रको अवलोकनमा सो क्षेत्रमा जनप्रतिनिधि पनि मन्त्री पौडेलसँग सँगै थिए । अहिलेसम्म पर्सामा ७० भन्दा बढि हैजाका बिरामी भेटिएको सरकारी तथ्यांक छ । मन्त्री पौडेलले निजी अस्पताललाई पनि आवश्यक समन्वय र सेवा दिन निर्देशन दिएका छन् । file photo




प्रतिक्रिया