सिमा विवादबारे ढुक्कले कुरा गर्ने र सल्टाउने दम केपी ओलीबाहेक अरूमा छैन : गोकुल बाँस्कोटा


काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमण स्वर्ण मौका भएको बताएका छन् । उनले लिम्पियाधुरा, लिपुलेकबारे भारत र चीन दुवैको नेपाललाई मतलब नै नराख्ने नीति नेपालका नेता र कुटनीतिज्ञलाइृ जानकारी नभएको थिएन भन्दै अब हुने प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमणमा यो विवाद सल्टिने विश्वास राखेका छन् ।

हालै भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक नाका पूनः सञ्चालन गर्ने सहमति भएपछि नेपाली राजनीति तातिएको छ । बाँस्कोटाले आज सामाजिक सञ्जालमार्फत आफ्नो भनाई राख्दै लेखेका छन्–‘लिम्पियाधुरा लिपुलेकबारे भारत चीन दुवैको नेपाललाई मतलब नै नराख्ने नीति नेपालका नेता र कूटनीतिज्ञलाई जानकारी नभएको थिएन । अहिले प्रमको दुईतिरकै यात्रा स्वर्ण मौका हो । ढुक्कले कुरा गर्ने र सल्टाउने दम अरुमा छैन । मिचाहालाई एक इन्च मिच्न दिए एक माईल मिच्छ भन्ने चिनियाँ उखान छ ।’