काठमाडौं, १० भदौ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौंमा जारी उखु किसान आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । सो दलका अध्यक्ष राजेन्द्र महतोले आज एक विज्ञप्ती जारी गर्दै तत्काल उखु किसानका समस्या समाधान गर्न भनेका छन् । कृषकलाई राज्यले उपेक्षा गरेको पनि महतोको आरोप छ ।
वर्तमान सरकारले चालु आर्थिक वर्षमा उखु किसानलाई दिँदै आईएको अनुदान रकम विनियोजन नगरेको समेत उनको आरोप छ । महतोले चाुल आर्थिक वर्षको बजेटमा तत्काल उखु अनुदान पूनःस्थापना गरी बक्यौता समेत भुक्तानीको गर्नुपर्ने माग गरेका छन् ।
महतोले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘राष्ट्रिय मुक्ति पार्टी काठमाडौंमा भैरहेको उखु किसानको आन्दोलनलाई पूर्ण रुपमा समर्थन गर्दछ । र, सरकारलाई किसानविरोधी नीतिहरु तत्काल फिर्ता लिन र उनीहरुको यथोचित मागहरु पूरा गर्न आग्रह गर्दछु । किसानको अधिकार र राष्ट्रिय खाद्य सुरक्षा नै राष्ट्रिय सुरक्षा हो ।’





प्रतिक्रिया