काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले नेपालका उखु किसानहरु निरन्तर अन्यायमा परेको टिप्पणी गरेका छन् । नेपाल कृषिप्रधान देश भएपनि उखु किसानहरु अन्यायमा परेको भन्दै उनीहरुको रकम भुक्तानी नहुनु दुःखद् भएको साउदको गुनासो छ । उनले आन्दोलनरत उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
साउदले फेशबुकमा लेखेका छन्–
नेपाल कृषिप्रधान देश भए पनि उखु किसानहरू निरन्तर अन्यायमा परिरहेका छन्। हाल अनुदान रकम कटौती र बक्यौता रकम नपाएपछि किसानहरु फेरि माइतीघरमा धर्नामा बस्न बाध्य भएका छन्। बिगतमा भएका सम्झौतापछि पनि अझै ठूलो रकम भुक्तानी गर्न बाँकी रहनु दुखद छ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा अनुदान रकम घटाएर तोकिएको रु. ३५ प्रति क्विन्टललाई तत्काल पहिलाकै दर (रु. ७० प्रति क्विन्टल) कायम गर्दै किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्छ।
म सरकारसंग उद्योगी र किसानको हितलाई दृष्टिगत गरि चीनीको आपुर्ति सन्तुलन समेत कायम रहने गरि दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्दै उखु किसानको माग तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछु।




प्रतिक्रिया