धरौटीमा रिहाइको माग गर्दै रविले दिएको निवेदनमाथि सुनुवाइ सकियो, आदेश आजै आउने


काठमाडौं, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ सकिएको छ । लामिछानेको तर्फबाट पत्नी निकिता पौडेलले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिहाईको माग गर्दै रिट निवेदन दिएकी थिईन् । सो निवेदन न्यायाधीश सागर विष्टको इजलासमा सुनुवाई भएको थियो ।

बिगोबमोजिमको धरौटी बुझाएर रिहाइको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका हुन् । यसअघि जिल्ला अदालत रुपन्देहीले सोही प्रकृतिको निवेदनमा मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने विगत ४ महिनादेखि थुनामा छन् । हाल लामिछानेलाई नख्खु कारागारमा राखिएको छ ।