रास्वपा नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं, १२ भदौ । जिल्ला अदालत काठमाडौंले रवि लामिछाने नेतृत्वको रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमिति दिएको छ ।

पाँडेविरुद्ध एक महिलाले सोसल मिडियामार्फत आफूलाई अपशब्द प्रयोग गरेको भनेर साईबर ब्यूरोमा उजुरी दिएकी थिईन् ।

सोही उजुरीको आधारमा पाँडे हिजो साइबर ब्यूरोमा उपस्थित् भएका थिए । रास्वपा सरकारमा हुँदा पाँडेलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाईएको थियो ।