बैतडी, १३ भदौ । डिलाशैनी गाउँपालिका ५नम्बर वडाकार्यालयले ७१ लाखको लागतमा तिलाचौरमा एकतले भवन निर्माण गरेको छ ।
गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष यज्ञराज भट्टका अनुसार आफ्नै भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ । उनले भने, “यसअघि भाडाको घरमा कार्यालय सञ्चालन गर्दा आर्थिक भारका साथै एउटै कोठामा सबै फाँट राख्नुपर्ने बाध्यता थियो । अब काम गर्न सहज भएको छ ।”सबै वडा कार्यालयका निम्ति भवन निर्माण गर्ने योजना रहेको उनले बताए ।
डिलाशैनीका वडा नम्बर १ र २ कार्यालय भवन निर्माण भइसकेको छन् । पालिकाको भवन निर्माणका लागि पनि एक करोड २२ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए ।
नवनिर्मित वडा कार्यालय भवनबाट सेवा प्रवाह प्रारम्भ भए पनि यही भदौ १६ गते औपचारिक कार्यक्रमका साथ काम थालिने अध्यक्ष भट्टले बताए । रासस




प्रतिक्रिया