प्रशंसा संरक्षण समाज र सुदूरपश्चिम कलाकार समाजद्वारा गौरा पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना


काठमाडौं, १३ भदौ । प्रशंसा संरक्षण समाज र सुदूरपश्चिम कलाकार समाजले गौरा पर्वको अवसरमा सांस्कृति कार्यक्रम आयोजना गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराइएको हो ।

सुदूरपश्चिम कलाकार समाजका अध्यक्ष सुरेश बोहोराले गौरा पर्वको अवसरमा भोलि र पर्सी (भदौ १४ र १५ गते) टुडिखेलमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए । उनले गौरा सुदूरपश्चिमको मौलिक पर्व रहेको पनि जानकारी गराए ।

सांस्कृतिक कार्यक्रममा १४ गते सुदूरपश्चिमका कलाकारहरुको प्रस्तुति रहने र १५ गते विधिवत रुपमा गौराको पुजा आरधना र सुदूरपश्चिमको मौलिक नाच देखाइने बताइएको छ । कार्यक्रममा सुदूरपश्चिम कलाकार समाजका अध्यक्ष बोहोरा, प्रसंशा संरक्षण समाजका अध्यक्ष हरि अगस्ती, यज्ञराज उपाध्यायलगायतको सहभागिता रहेको थियो ।