काठमाडौं, १३ भदौ । निर्वाचन आयोगले मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा रिक्त रहेको प्रदेशसभा सदस्य चयनका लागि आगामी कात्तिक १७ गते नै उपनिर्वाचन गराउने भएको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै उपनिर्वाचनका लागि मिति तोकेको हो ।
उक्त क्षेत्रमा २०७९ मा भएको निर्वाचनमा राजीव गुरुङ (दीपक मनाङ्गे) निर्वाचित भएका थिए । उनी ज्यान मुद्दामा दोषी ठहर भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । आगामी कात्तिक १७ गते रूपन्देही–३ मा पनि प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ ।




प्रतिक्रिया