रास्वपाका नेता पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश


काठमाडौं, १३ भदौ । जिल्ला अदालत काठमाडौंले रास्वपाका नेता डा. अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीविरुद्ध एक महिलाले साईबर क्राइम गरेको भनेर साईबर ब्यूरोमा उजुरी दिएकी थिईन् । हिजो उनीविरुद्ध चार दिनको म्याद थपेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको थियो ।