‘आगमन’ गीतको भिडिओमा दिलिप रायमाझीसँग गरिमा शर्माको केमेष्ट्री


काठमाडौं । चर्चित गायिका अनु चौधरी र विवेक शर्माको स्वर रहेको ‘आगमन’ गीतको भिडिओ सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक भिडिओमा चर्चित अभिनेता दिलिप रायमाझी र नायिका गरिमा शर्माको अभिनय रहेको छ ।

गीतमा संगितपनि गायक शर्माले नै भरेका हुन् । दुर्गा हुमागाईंको रचना रहेको गीतमा म्युजिक एरेन्ज भने सुवास सेन्चुरीको हो ।