काठमाडौं, १३ भदौ । उखु किसान संघर्ष समितिले सरकारलाई समितिले अघि सारेका माग पूरा गर्नको लागि ७ दिनको अल्टिमेटम दिएको छ । आज अपरान्ह भएको सरकारसँगको वार्तामा कुनै सहमति नभएको समितिले जनाएको छ ।
सिंहदरबारस्थित् कृषिमन्त्री रामनाथ अधिकारीको च्याम्बरमा भएको छलफल बिनानिश्कर्ष सकिएको हो । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएकोले ७ दिन कुर्ने तर त्यसपछि राजमार्गकेन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग दोहोर्याएका छन् । वार्तामा सहभागीहरुले अर्थमन्त्री विष्णु पौडेलको नाम लिएर आलोचना गरेका थिए ।




प्रतिक्रिया