प्रधानमन्त्री ओली चीन प्रस्थान


काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा निस्किएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका हुन् । चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने बताईएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्याललगायतले बिदाई गरेका थिए । तस्विर ः प्रम ओलीको सचिवालय