चीन पुगे भारतीय प्रधानमन्त्री मोदी


काठमाडौं, १४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन पुगेका छन् । भारतीय प्रधानमन्त्री मोदी चिनियाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा आज तियान्जिन ओर्लिएका हुन् । चीनले आयोजना गरेको सांघाई सहयोग संगठन (एससिओ) को सम्मेलनमा भाग लिनको लागि मोदी चीन पुगेका हुन् ।

सो क्रममा उनले विश्वका विभिन्न देशका नेताहरुसँग भेटवार्ता गर्ने तय भएको छ । मोदी यसअघि जापान भ्रमणमा थिए । उनी चीनले आयोजना गर्ने सैनिक परेडमा भने सहभागी नहुने बताईएको छ ।