काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग लगातार दोस्रो पटक भेट्न पाउँदा खुशी व्यक्त गरेका छन् । चिनियाँ राष्ट्रपति सि को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन पुगेका प्रधानमन्त्री ओलीले चीन ओर्लिएकै दिन चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।
चिनियाँ राष्ट्रपतिसँगको भेटवार्ताबारे ओलीले भनेका छन्,‘चिनियाँ राष्ट्रपतिसँग लगातार दोस्रो पटक भेट्न पाउँदा खुशी छु ।’ राष्ट्रपति सि र आफूबीच फलदायी द्विपक्षीय वार्ता भएको पनि उनले उल्लेख गरेका छन् । दुई देशबीचको सहकार्यलाई अझै बलियो बनाउनेबारे पनि आफूहरुबीच छलफल भएको प्रधानमन्त्री ओलीको भनाई छ । सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिनको लागि आफूलाई बोलाएकोमा पनि प्रधानमन्त्री ओलीले सि प्रति आभार प्रकट गरेका छन् ।




प्रतिक्रिया