काठमाडौं, १५ भदौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विगतमा केटी नचाउने डिस्को खोलेको खुलासा गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लिङ्देनले आजभन्दा ३५÷३६ वर्ष पहिला विर्तामोडमा डिस्को खोलेको, तर आफू भने नगएको बताएका हुन् ।
‘राजेन्द्र लिङ्देन दाईले केटी नचाउने डिस्को खोलेका थिए त्यतिबेला । इस्टर्न प्यालेस भन्ने होटल खोलेको थियो । म सानो थिएँ । आजभन्दा ३५÷३६ वर्ष अगाडिको कुरा । म १३÷१४ वर्षको थिएँ । म गइनँ । एक पटक पनि गइनँ । राजेन्द्र दाईहरुले विर्तामोडमा केटी नचाउने डिस्को खोलेको छ भन्थे । मैले सुनेको कुरा,’– उनले भने ।
पछिल्लो समय प्रसाईँले लिङ्देनविरुद्ध विभिन्न आरोप लगाउँदै आएका छन् । प्रसाईँले केही दिनअघिको पत्रकार सम्मेलनमा लिङ्देनले भारतबाट गाडी चोरेर ल्याएर बेच्ने गरेको आरोप लगाएका थिए ।




प्रतिक्रिया