काठमाडौं, १६ भदौ । चीन भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । चीनको तियान्जिनमा सांघाई सहयोग संगठनको सम्मेलन जारी छ । उक्त सम्मेलनमा भाग लिनको लागि मोदी र पुटिन चीन पुगेका हुन् । उनीहरुबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
सोअघि वार्तास्थलसम्म दुवै नेता एउटै कारमा सवार भएका थिए । मोदीले आफ्नो एक्स अकाउन्टमा पुटिनसँग एउटै कारमा सवार तस्विर सार्वजनिक गरेका हुन् । अमेरिकासँग भारतको अहिले सम्बन्ध चिसिएको छ । अमेरिकी सरकारले भारतविरुद्ध ५० प्रतिशतसम्म ट्यारिफ लगाएका छन् । भारतले अमेरिकाको कदमको डटेर सामना गर्ने भनिरहेको छ । यता, मोदी र पुटिनबीच चीनमा सम्बन्धमा हार्दिकता देखिएको छ ।




प्रतिक्रिया