काठमाडौं, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति राष्ट्रको नीति बनाउने सकेमात्र पार्टी निर्णायक शक्ति बन्ने बताएका छन् । एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले लेखको ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तकको आज यहाँ पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा विमोचन गर्दै उनले पार्टीलाई निर्णायक शक्ति बनाउन रहेक तहका सरकारको नेतृत्व पार्टीले गर्नुपर्ने अवस्था निर्माण गरिनुपर्ने बताएका हुन् ।
‘त्यो भनेको हरेक तहका कार्यकारी सरकारको नेतृत्व गर्ने सामथ्र्य निर्माण गर्नु हो । जब एमालेको नीतिलाई राष्ट्रको नीति बनाउने सामथ्र्य निर्माण हुन्छ, तब एमाले निर्णायक शक्ति बन्दछ । यसका पार्टीलाई बलियो बनाउन लाग्नुको विकल्प छैन,’– उनले भने ।
उनल हाल पार्टीले सरकारको नेतृत्व गरिरहे पनि आफ्नो नीतिलाई राष्ट्रको नीति बनाउने एकल सामथ्र्यको अवस्था नरहेको बताए । अब पार्टीको वर्ग सङ्घर्ष चुनावमा केन्द्रित हुनुपर्ने महासचिव पोखरेलको भनाइ थियो । ‘हाम्रो वर्ग सङ्घर्ष केन्द्रीय निर्वाचनमा सफलता प्राप्त गर्नु हो । हाल चुनावलाई वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षको माध्यमका रूपमा बुझ्न छाडेका छौँ,’ उनले भने, ‘पछिल्लो समय निर्वाचनलाई अवसर प्राप्तिका लागि र विगतमा आफूले प्राप्त गरेका योगदानकोे सम्मानका रूपमा मात्र लिन थालेका छौँ ।’
दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता पार्टी निर्माणका समस्या रहेको भन्दै महासचिव पोखरेलले तिनलाई पराजित गर्न सकेमात्र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशा हालिस गर्न सकिने धारणा राखे । उनले दोस्रो विधान महाधिवेशनले पार्टीलाई थप एकताबद्ध र सुदृढ गर्ने बताए ।




प्रतिक्रिया