गोविन्द केसीले तोडे अनशन


काठमाडौं, १७ भदौ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित अनशन बसेका डा.गोविन्द केसीले अनशन तोडेका छन् । उनी ३ दिनदेखि कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशनरत थिए ।

अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट जुस पिएर उनले आज दिउँसो अनशन तोडेका हुन् ।