एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं, १७ भदौ । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) ले पार्टीको सचिवालय बैठक बोलाएको छ। यही भदौ १९ गते दिउँसो ३ बजे बस्नेगरि सचविालय बैठक बोलाईएको हो । भदौ २० गतेदेखि विधान महाधिवेशन सुरु हुँदैछ । त्यसको लागि राजनीतिक, सांगठनिक, विधान संशोधन र आयोगका प्रतिवेदन पारित गर्ने भनिएको छ।

एमालेले केन्द्रीय कमिटी बैठक भने स्थगित् गरेको छ। प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा जानु परेकोले बैठक स्थगन् गरिएको भनिएको छ । प्रधानमन्त्री ओली भोलि (बुधबार) स्वदेश फर्कने कार्यतालिका छ । विधान महाधिवेशन भने भदौ २२ गतेसम्म चल्नेछ ।